अमेरिकामा मन्दिर र सामुदायिक भवन निर्माणका लागि कनेक्टिकट च्याप्टरद्वारा आर्थिक सहयोग
अमेरिका स्थित स्थानीय संस्था नेकोनको सामुदायीक भवन तथा मंन्दीर निर्माणका लागि एनआरएनए कनेक्टीकट च्याप्टरले छ हजार आर्थिक साहायता दिए पछि ट्रस्टी बनेको छ।
सो भवन र मन्दिर निर्माणका लागि एन आर एन ए अमेरिकाका समाजसेवी हरिप्रसाद जोशीको सक्रियता बाट आर्थिक साहायता जुटाइएको हो ।
भवन तथा मन्दिर निर्माणका लागि जुटाइएको आर्थिक सहयोग स्थानीय समाजसेवी तथा सल्लाहकार पीताम्वर अधिकारी , ट्रस्टी उपाध्यक्ष , राम ओझा र समाजसेबी श्री दुर्गा आचार्यले किस्ता बुझाएका थिए ।
एनआरएनए कनेक्टीकट चयाप्टर लाई ट्रस्टी सदस्य हुन एनआरएनए का समाजसेवी माहनुभावहरू श्री बाशुदेव अधिकारी,श्री पदम ठकुराठी,श्री समर बुढाथोकी,श्री दीलु पराजुली,श्री बुद्धीसागर सुवेदी,श्री गोपेन्द्र भट्टराई,श्री कृष्णजीवी पंन्त,श्री सुनील साह,श्री बाबुराम लामा,श्री रामहरी अधिकारी,श्री नेत्रबन्धु पाख्रेल,श्री डा.केशब पौडेल,श्री डा.अर्जुन बन्जाडे,श्री अनुप खनाल,श्री पशुपती पाण्डे,श्री घनश्याम खड्का, कृष्ण पोख्रेल र श्री संन्जीब श्रेष्ठले आर्थीक सहयोग गरेका थिए ।
नेकोन ट्रस्टीबोर्डका उपाध्यक्ष श्री राम ओझाको सभापतीत्वमा भएको कार्यक्रममा बरीष्ठ समाजसेवी तथा सल्लाहकार श्री पीताम्बर अधिकारी,स्थानीय संस्था नेकोनका अध्यक्ष श्री नारायण पौडेल, एनआरएनए क्षेत्रीय सदस्य श्री घनश्याम खड्का ले बक्तब्य दिनु भएको र एनआरएनए कनेक्टीकट च्याप्टर अध्यक्ष श्री हरी प्रसाद जोशीले कार्यक्रम सन्चालन गरेका थिए ।
उक्त कार्यक्रममा बरिष्ठ समाजसेवी श्री अर्जुन देवकोटा,श्री गणेश अर्याल,श्री हेमराज गुरुङ श्री बीर ब.गुरुङ,श्री सुदीप अधिकारी,श्री तेजेश बिक्रम मल्ल,श्री बिजेन्द्र मल्ल,कोशाध्क्यक्ष श्री नरेन्द्रदेव पंन्त,श्री लक्ष्मण गरी,श्री यज्ञराज जोशी,उपाध्यक्ष श्री मुना तिवारी,सचिव श्री केपी भट्ट कोशाध्यक्ष श्री नारायण मिश्र,सदस्य श्री श्याम कार्की लगायत स्थानीय समाजसेवी माहानुभावहरूको उपस्थीतीमा समारोह सम्पन्न भएको थियो।