Logo

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषदको बोर्ड सदस्यमा रवि बस्नेतको उम्मेदवारी


ओएसभेभो संवाददाता
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद एनआरएनए एनसीसी अमेरिकाको आगामी ३ वर्षे कार्यकालका लागि हुने निर्वाचनमा बोर्ड सदस्य पदमा रवि बस्नेतले उम्मेदवारी दिएका छन् ।

मकवानपुर जिल्लाको चर्चित स्थान हेटौँडामा जन्मिएका बस्नेतले मकवानपुर बहुमुखी कलेजबाट आफ्नो उच्च शिक्षा पूरा गरेका हुन । अत्यन्तै मेधावी छात्रका रुपमा परिचित बस्नेतले केहि समय नेपालको सरकारी जागिर पनि गरेका थिए ।

जागिर पछी केहि समय ब्यबसाय गरेर स्वदेशमै केही गर्ने मनसाय हुँदाहुँदै पनि सन २०१६ मा अमेरिका हानिएका थिए । बस्नेत अमेरिका आउनु पूर्व खासगरी नेपाली फिल्म उद्योगतिर उनको धेरै उठबस थियो।

२०१७ मा एनआरएनए एनसीसी अमेरिकाको सदस्यता लिएर एकै पटक हेल्प डेस्क टास्कफोर्स बाट काम सुरु गरेका बस्नेत सन २०१९ मा इमिग्रेशन एण्ड सिटिजनशिप कमिटीको को-चेयरमेन रहेका छन् ।
अहिले हुँदै गरेको निर्वाचनमा भने बस्नेतले बोर्ड सदस्यका लागि उम्मदेवार हुनुहुन्छ।

पछिल्लो समय नेपाली जनसम्पर्क समिति अमेरिकाका गतिबिधिमा सक्रिय बस्नेत द व्हाइट जोन र लायन्स क्लबमा जस्ता संस्थामा पनि सक्रिय रहँदै आएका छन । यस बाहेक सान फ्रान्सिस्को बे एरियामा अन्य सामाजिक गतिबिधिमा पनि बस्नेत सक्रिय छन् ।
अब भने एनआरएनए एनसीसी अमेरिकाको लागि काम गर्न बोर्ड सदस्यमा उम्मेदवार भएको कुरा बस्नेतले ओएसभेभो डटकमलाई बताए ।

रोजगारीका लागि अमेरिका हानिएका बस्नेत अत्यन्तै मृदुभाषी र सहयोगी भावका छन् । उनले अमेरिका मात्रै होइन नेपालका विभिन्न क्षेत्रको बिकासका लागि सहयोग गर्दै आएका छन् । सामाजिक कार्यमा अग्रसर रहँदै आएका बस्नेतको उम्मेदवारीले प्रवासमा रहेका नेपालीहरुमा थप उत्साह पैदा गरिदिएको छ ।

प्रतिक्रिया दिनुहोस्

CEO/Chairman: Sarbagya Wagle

California (USA)