Logo

गैर आवासिय नेपाल्ली संघको राष्ट्रिय समन्वय परिषद बोर्ड अफ डाइरेक्टर पदमा सुदूरपश्चिमका जोशीको उम्मेदवारी


ओएसभेभो संवाददाता
धनगढी , चैत १५
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको बोर्ड अफ डाइरेक्टर पदका लागि सुदूरपश्चिमका हरिप्रसाद जोशीले उम्मेदवारी दिने भएका छन् ।

सन् २०२१-२०२३ को कार्यकालका लागि आफुले उम्मेदवारी दिने जोशीले बताएका हुन् ।

नेपालको बझाङमा जन्मिएका जोशी २०३६ सालमा बसाइ सरि कञ्‍चनपुरको झलारी आएका थिए । झलारीबाट एसएलसी पास गरेर उच्च शिक्षाको लागि काठमाडौंको धापासीस्थित पाठ्यक्रम शिक्षामा स्‍नातकोत्तर गरेका हुन् ।

विद्यालय जीवनदेखि नै राजनितिमा लागेका जोशीले नेपाल शिक्षक संघको सदस्य भएरसमेत काम गरेका थिए ।

नेपाली कांग्रेसको २०४९ सालको क्रयाशील सदस्य रहेका जोशी नेपाली कांग्रेस गाविस कार्य समितिमा रहेर समेत काम गरेका थिए । २०५४ सालदेखि उच्च मावि शिक्षक संघको विभिन्‍न पदमा रहेका काम गरेका उनले रोटरि कल्ब अफ नागार्जुनका संस्थापक सदस्य, पलहरिस फेलो सदस्य र एक कार्यकाल कोषाध्यक्षको जिम्मावारी समेत निर्वाह गरेका थिए ।

सन् २००९ मा अमेरिका गएका उनी कनेक्टिकट राज्यमा नेपाली संस्था नेकोनको आजीवन सदस्य र सोही संस्थाको उपाध्यक्ष भएर काम गरेका थिए । जोशीले पछिल्लो समय अमेरिकामा रहेका नेपालीहरूका लागि विशुद्ध सामाजिक कार्यमा साथ र सहयोग पुर्‍याउँदै आएका छन् ।

जोशी एनआरएनका आजीवन सदस्य तथा हाल कनेक्टिकट च्याप्टरका अध्यक्ष समेत हुन् । आफूले केही गर्नुपर्छ र समाजमा मानव सेवा, देश, राष्ट्रप्रेमका भावनाहरूलाई एकत्रित गर्दै विदेशमा रहेका नेपालीहरूलाई साथ, सहयोग र एकताबद्ध गर्ने उद्देश्य लिएर काम गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

CEO/Chairman: Sarbagya Wagle

California (USA)