वर्षाले अवरुद्ध तेह्रथुमका सडक सञ्चालनमा, मर्मत गर्दै स्थानीय सरकार • Osvevo

वर्षाले अवरुद्ध तेह्रथुमका सडक सञ्चालनमा, मर्मत गर्दै स्थानीय सरकार

Osnepal Admin (KTM) September 26, 2021
0

तेह्रथुम, १० असोज-वर्षाका कारण तेह्रथुम जिल्लाको गाउँ गाउँमा अवरुद्ध भएका सडकमा सवारी साधनहरु गुड्न थालेका छन् । वर्षात रोकिएपछि सडकहरुमा सवारी साधानहरु सञ्चालनमा आउन थालेका हुन् ।हिउँदमा धुलाम्मे र वर्खामा हिलाम्मे हुने जिल्लाका दर्जनौ सडक बर्षातले अवरुद्ध भएका थिए । एक हप्तायता बर्षात रोकिएपछि गाउँ गाउँका सडकहरुमा सवारी साधन सूचारु भएको हो ।

वर्षाका कारण सडक अवरुद्ध हुँदा यहाँका नागरिकहरु विरामी हुँदा बोकेरै स्वास्थ्य संस्था पुर्‍याउनु पर्ने अवस्था थियो । गाउँका कच्ची सडकहरु पानी परेपछि हिलाम्मे हुँदा नागरिकलाई समस्या हुँदै आएको छ । जिल्लाको ६ वटै पालिकाको केन्द्रसम्म यात्रुबाहक सवारी साधान सञ्चालन हुँदै आएको छ ।

जिल्लामा साना तथा ठूला सवारी साधानहरु सञ्चालन हुँदै आएका छन् । सवारी साधन सूचारु भएपछि नजिकिँदै गरेको चाँडहरुमा यात्रा गर्न सहज हुने लालीगुराँस नगरपालिका दागँपाका तोर्ण बस्नेतले बताए । अत्याधिक वर्षातका कारण जिल्ला सदरमुकाम जोड्ने मुख्य सडक तथा ग्रामीण सडकहरु अवरुद्ध बनेका थिए । गाउँ र गाउँको केन्द्रसँग सदरमुकाम जोडिने भरपर्दाे नभएका कारण तेह्रथुमका नागरिकहरुले वर्षेनि सास्ती भोग्दै आएका छन् ।

अवरुद्ध भएका सडकहरु सूचारु गर्न स्थानीय सरकार मर्मत सम्भारका लागि जुटिरहेको छथर गाउँपालिका अध्यक्ष सन्तबिर लिम्बुको भनाइ छ । नागरिकहरुको समस्यालाई प्राथमिकता राख्दै अझ सञ्चालनमा आउन नसकेका सडकहरु मर्मत गरी सवारी सञ्चालनमा ल्याउने तयारी भएको लिम्बुले बताए । शहरीकरणको विकाससँगै जिल्लामा सवारी साधनको संख्या बढे पनि बर्षभरी सडकमा सवारी साधन सञ्चालन नहुँदा सवारी चालकलाईसमेत समस्या हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर