Logo

एनआरएनए अमेरिकालाई संसारकै सक्षम एनसिसि बनाएर छोड्छु ” -कृष्णजीवि पन्थ


नेपालको तनहुं जिल्लामा जन्मिएका पन्थ १२ बर्षदेखि अमेरिकामा छन । बाल्यकालदेखि नै सामाजिक सेवामा रुची भएका पन्थले कलेज जीवनका क्रममै गाउँका विभिन्न सामाजिक काममा सक्रिय रहने गर्थे । उनै कृष्णजीवि पन्थ आज एनआरएनए अमेरिकाको बरिष्ठ उपाध्यक्षमा उमेद्वारी दिने घोषणा गर्दै चौतर्फि सम्पर्कमा जुटेका छन् । उनी भन्छन् ” एनआरएनए अमेरिकालाई संसारकै सक्षम एनसिसि बनाएर छोड्छु ” । उनले सम्पर्कका क्रममा आफूले विगतमा गरेका कामहरु वाट सिक्दै र थप अध्यायन गर्दै एनआरएनए अमेरिकाको आईसिसिमा प्रभुत्वलाई सबल तथा सक्षम बनाउने पनि धारणा राख्दै आएका छन् । पन्थले आउँदो निर्वाचनका लागि मत माग्ने क्रममा एनआरए अमेरिकालाई संसारकै नमुना एनसिसि कसरि बनाउन सकिन्छ भनेर जिज्ञासा पनि राखेका छन् ।

दानी तथा मृदुभाषी कृष्णजिबि पन्थले आफ्ना बिभिन्न प्रतिवद्धताहरू पनि अगाडि सारेका छन् । यसैक्रममा मेरिल्याण्डबाट शुरु भएको पन्थको चुनावी अभियान क्यालिफोर्नियाको एलए , सान फ्रान्सिस्को, टेक्सासको ह्युस्टन र डालस र नर्थ क्यारोलिना , नेभाड़ाको भेगस लगायत विभिन्न ठाउमा गएर भेटघाट गर्ने क्रम बढेको छ । यसरिनै चुनावमा सक्रिय रहेका कृष्णजीवि उमेद्वारी घोषणासंगै पन्थ विभिन्न राज्यहरुमा पुगिसकेका छन । उनी भन्छन् “हरेक राज्यमा घुम्दा एनआरएनए अमेरिकालाई माया गर्ने नेपाली दाजु भाइ तथा दिदी वहिनीको न्यानो आतिथ्यता र अडिलो भरोषा पाएको छु । “ पन्थले ओएसभेभोसंग भने । उनले , “एनआरएनए अमेरिकाका सदस्यहरुले एनआरएनए अमेरिकामा नयां आमुल परिवर्तन खोजिरहेका छन । परिवर्तनका क्रममा आत्मियता र भाइचाराका साथै नेपाली नेपालीहरूका विच एकता पनि खोजिरहेका छन । म त्यो कुराको बाहक हुन चाहन्छु ।”

एनआरएनए अमेरिकाको बरिष्ठ उपाध्यक्षमा उमेद्वारी दिने घोषणा गरेका कृष्णजीवि पन्थ अहिले विभिन्न राज्यहरुमा हिडिरहेका बेला “एनआरएनए अमेरिकालाई संसारकै सक्षम एनसिसि बनाएर छोड्छु ” भनेका छन। उनले यी घुमाईहरुमा आफूले विगतमा गरेका कामहरु बताउने गरेका छन् । साथै, आउँदो निर्वाचनका लागि मत पनि माग्दै आफ्ना प्रतिवद्धता पनि जाहेर गरेका छन् । हाल बहालवाला उपाध्यक्ष पदमा रहेका कृण्णजीबि पन्थको उमेद्वारीले अमेरिकाका एनआरएनए सदस्यहरुमा एउटा उत्साह जगाएको छ । स्मरणीय रहोस् पन्थले गत निर्वाचनमा सबैभन्दा बढि मत ल्याएका थिए । उनको बरिष्ठ उपाध्यक्ष पदको उमेद्वारीले फेरी एनआरएनएमा नया ताजगि ल्याएको छ। एकथरि समाजसेवीको चर्चा यो छ कि कृष्णले फेरी अत्यधिक मत ल्याई विजयी हुनेछन् । कृष्णजीवि पन्थ अहिले झन उत्साहित छन् र उनी भन्छन, “यो पटक पनि पहिला भन्दा बढी मत ल्याएर चुनाव जित्छु।किनभने मैले राम्रो काम गरेको छु ।”

ओएसभेभोले सोध्दा उनी भन्छन, “मेरो पुरानो सम्पर्क यथावत कायम छ र अहिले मेरो जिम्मेवारी र कामका कारण अरु धेरै साथीहरुसंग जोडिन पाएको छु त्यति मात्र कहॅा हो र मैले यो बीचमा धेरै काम पनि गरेको छु ।” लामो समय एनआरएनए अभियानमा लागेका पन्थले आफूले एनआरएनएलाई साधारण सदस्यहरुको पहुंचमा लैजान विगतमा प्रयास गरेको र अझै पनि सक्रिय रहने बताए । अमेरिकामा विधानसम्मत बसेका सबै नेपाली संस्थाको सदस्य नि:शुल्क बन्न पाउनु पर्छ आफ्नो एजेण्डा रहेको पन्थको भनाई थियो । “सदस्यता वितरण प्रक्रिया झनझटिलो र अपारदर्शी छ । भोटिंग प्रक्रिया पनि त्यस्तै छ । म यसलाई सुधार गर्न चाहन्छु।” पन्थले भने ।

अमेरिका आएपछि पनि पन्थको मन सामाजिक सेवाबाट टाढा रहन सकेन । फलस्वरुप उनी यहांका नेपाली संस्थाहरुमा सक्रिय हुन शुरु गरे । उनी मेरिल्याण्डको हिन्दु बुद्ध मन्दिरको ट्रष्टी र सामाजिक संस्था बानाका सल्लाहकार अनि ट्रष्टि हुन। मेरिल्याण्ड बाहिरका नेपाली संस्थाहरुलाई पनि पन्थले सहयोग गर्दै आएका छन्। नेपालमा पनि उनले गरेका सामाजिक क्रियाकलाप र सहयोगको फेहरिस्त लामो छ। नेपालदेखि मेरिल्याण्ड र मेरिल्याण्डबाट अमेरिकाभरी झाङ्गिएको कृष्णजीवि पन्थको सामाजिक कर्म अब संसार छाउने क्रममा छ। पन्थको यात्रा यसरी नै जारी रहे उनको एनआरएनएमा आइसीसीसम्म गन्तब्यलाई कसैले तगारो लगाउन सक्ने देखिदैन। प्रवासका हरेक सामाजिक गतिविधिमा सक्रिय हुने कृष्णजीवि पन्थको सहयोगीपन र लोकप्रियता कृष्णजीविलाई एनआरएनए अमेरिकाको बरिष्ठ उपाध्यक्ष पदमा सहजै विजयी हुन् सहयोगी हुने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

CEO/Chairman: Sarbagya Wagle

California (USA)