२० सेकेण्डको फरकले खतरो के खेलाडी सिजन ११ को उपाधी अर्जुन बिजलानीलाई , ट्रोलको शिकार भएपछि अर्जुनले भने– चिटिंग हुन्न स्टण्डमा • Osvevo

२० सेकेण्डको फरकले खतरो के खेलाडी सिजन ११ को उपाधी अर्जुन बिजलानीलाई , ट्रोलको शिकार भएपछि अर्जुनले भने– चिटिंग हुन्न स्टण्डमा

Loknath Rijal (Jhapa) September 27, 2021
0

भारतीय टेलिभिजनको मस्ट पपुलर शो खतरा के खेलाडी सिजन ११ को ग्राण्ड फिनाले सम्पन्न भएको छ । यसपालीको सिजनको विनर टेलिभिजनका एकदमै चर्चित एक्टर अर्जुन बिजलानीले सबैलाई पछि पार्दै जितेका छन् । अर्जुनले एक शानदार ट्रफीको साथमा २० लाख रुपैया तथा एउटा कार समेत जितेका छन् ।

अर्जुन आफ्नो जितमा एकदमै खुशी देखिएका छन् । तर दोस्रो प्रतिष्पर्धीका फ्यानहरु अर्जुनको जितलाई फिक्स्ड भनेर उनलाई ट्रोल गरिरहेका छन् । अर्जुनको साथमा फिनाले स्टण्टमा बिशाल आदित्य सिंह र धागढ गर्ल दिब्यांका त्रीपाठी पनि रहेका थिए ।

दिब्यांका तथा अर्जुनमा मात्रै २० सेकेण्डको फरक रहेको थियो । दिब्यांकाले अर्जुनलाई स्टण्टमा एकदमै कडा टक्कर दिएकी थिईन् । दिब्यांकाका फ्यानहरुलाई लागिरहेको थियो कि यो शो को उपाधी जित्न लायक उनी मात्र छिन् । शो जितेपछि भएको ट्रोलमा अर्जुनले दुःख ब्यक्त गरेका छन् ।

उनले भनेका छन्– यो एकदमै दुःखको कुरा हो । यो शो त्यो चिजहरुमा आधारीत छैन कि च्यानल कसैलाई असहमति दिन्छ । यो कुरा जस्ले स्टण्ट चाँडो पुरा गर्छ त्यहि संग आधारीत छ । फिनाले मा मैले अलि चाँडो स्टण्ट गरेको थिए केही स्टण्ट दिब्यांकाले गरेकी थिईन् । त्यो दिन म अलि राम्रो थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर