ऋतिक रोशनको नयाँ चलचित्र 'फाइटर'मा दिपिका पादुकोणको एक्सन अबतार • Osvevo

ऋतिक रोशनको नयाँ चलचित्र ‘फाइटर’मा दिपिका पादुकोणको एक्सन अबतार

Osnepal October 03, 2021
0

बलिउडमा फिल्म उद्योगमा एक्सन फिल्मको बोलवाला रहेको छ । अहिले आएर अभिनेत्रीहरु पनि यस्ता एक्सन फिल्मका लागि तयार देखिन थालेका छन् । बलिउडकी चलेकी अभिनेत्री दीपिका पादुकोण आफु जुनसुकै रोल गर्नका लागि तयार हुन्छिन् । यसैक्रममा एक ऐतिहासिक फिल्मको हिस्सा बन्नका लागि दीपिकाले एक्सन फिल्मका लागि आफ्नो पाइला अघि बढाएकी छिन् । पठान फिल्ममा उनको एक्सन त देख्न पाईन्छ तर अब नयाँ खुलासा भएको छ कि उनी ऋतिक रोशन संग फिल्म फाइटरमा पनि एक्सन मुडमा देखिन पाईने भएको छ ।

हालै निर्देशक सिद्धार्थ आनन्दले आफ्नो फिल्म वारको २ बर्ष पुरा गरेका छन् । उक्त फिल्ममा ऋतिक रोशन र टाइगर श्राफ दुबै जनाको जोडी रहेका थिए । अब सिद्धार्थले यसै अवसरमा आफ्नो प्रोडक्शन कम्पनी पनि खोलेका छन् । यसको नाम उनले मारफ्लिक्स राखेका छन् । यहि प्रोडक्सन हाउसको ब्यानरमा फिल्म फाइटर बनि रहेको छ । यस फिल्म एकदमै एक्सन प्रधान रहेको छ । यस फिल्ममा ऋतिक रोशन र दीपिका पादुकोण एकै साथ एक्सन गर्दै गरेको देख्न सकिन्छ ।

फिल्मको कहानी इण्डियन आम्र्ड फोर्समा आधारीत रहेको छ । यसलाई राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा रिलिज गर्ने योजना फिल्म निर्माण पक्षले बताएको छ । यस फिल्ममा ऋतिक इण्डियन पाइलटको रुपमा देखिने छन् । यसै बिषयमा खुलासा गर्दै निर्देशक तथा निर्माता सिद्धार्थले भनेका छन्– स्टार ऋतिकको साथमा को–स्टार दीपिकाले एकदमै धेरै एक्सन गरेको देख्न सक्नु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर