Logo

नेपालमा थप १३३० जनामा कोरोना सङ्क्रमण, १८३० सङ्क्रमणमुक्त


काठमाडौँ, ५ असोज-पछिल्लो २४ घण्टामा एक हजार ३३० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १३ हजार ६२२ मा परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । नेपालमा सङ्क्रमण दर १९.१ प्रतिशत छ । यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या २१ हजार ५२४ रहेका छन् ।

पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला ९ र २०० भन्दा बढी सङ्क्रमित हुने जिल्ला १९ पुगेका छन् । पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्लामा मोरङ, सुनसरी, झापा, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, कास्की र रुपन्देही रहेका छन् ।पछिल्लो २४ घण्टामा दुई हजार ८३० जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म नेपालमा सात लाख ५४ हजार सङ्क्रमणमुक्त भएका छन् । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९५.९ प्रतिशत रहेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट पाँच जनाको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा सङ्क्रमणबाट मृत्यु हुनेको ११ हजार ५३ पुगेको छ । नेपालमा प्रति १० लाखमा ३७२.५ सङ्क्रमितको मृत्यु भएको तथ्याङ्क छ ।यस्तै मन्त्रालयका अनुसार ३३५ जना सघन उपचार कक्ष (आइसियु), १०७ जना भेन्टिलेटर, २० हजार १६४ जना होम आइसोलेसन, एक हजार ३६० जना संस्थागत आइसोलेसन र २५० जना क्वारेन्टिनमा छन् । आज नेपालमा ५५ हजार २४२ ले कोरोनाविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ६२ लाख ३० हजार ८२३ ले पहिलो मात्रा र ५६ लाख २८ हजार ७९२ ले पूर्ण मात्राको खोप लगाइसकेका छन् । (रासस)

प्रतिक्रिया दिनुहोस्

CEO/Chairman: Sarbagya Wagle

California (USA)