पदम विश्वकर्माको गीत सार्वजनिक
पदम विश्वकर्माको गीत सार्वजनिक
साहित्यकार पदम विश्वकर्माको सल्लेरिको फेदैमा नामक गीत यही सेप्टेम्बर ३० का दिन सार्वजनिक भएको छ । विश्वकर्माको शव्द, सिडि विजय अधिकारीको आवाज, राजेश थापाको संगीतमा युवा कलाकार कमल सिंह र झरना रिसालको अभिनय रहेको उक्त गीत ओसआर डिजिटलबाट सार्वजनिक भएको हो ।
अनेसासको पूर्व अध्यक्ष समेत रहेका विश्वकर्मा हाल अनेसास बोर्ड अफ ट्रष्टीका उपसभापति हुन्। यस अघि उनको सोच तिम्रो नामक गजलमा चर्चित गायक राज सिग्देल र दशैं मान्न घर आउ हैनामक गजलमा कृष्णभक्त राईको आवाज रहेको छ ।
विश्वकर्माका शव्द सुमन कविता संग्रह र तमसुक कथा संग्रह प्रकाशित छन् । सल्लेरीको फेदैमा गीत वर्तमान समयको मागलाई मध्यनजर राख्दै तयारगरिएको गीत हो । सल्लेरीको फेदैमा गीत विश्वकर्माको जन्मदिनका अवसरमा सार्वजनिक गरिएको हो।
गीत सुन्न र हेर्न यहाँ क्लिक गर्न सकिने छ I