युइएफए नेसन्स लिग : फ्रान्सको पुनरामगन जित, उपाधिका लागि स्पेनसँग भिड्ने • Osvevo

युइएफए नेसन्स लिग : फ्रान्सको पुनरामगन जित, उपाधिका लागि स्पेनसँग भिड्ने

Osnepal October 08, 2021
0

काठमाडौं,२२ असोज । युइएफए नेसन्स लिगमा फ्रान्सले बेल्जियमविरुद्ध पुनरागमन जित निकालेको छ । बिहीबार राति इटालीको टुरिन भएको खेलमा फ्रान्सले २(० ले पछि परेको स्थितिलाई उल्टाउदै ३(२ को जित निकाल्न सफल भएको हो ।

फ्रान्सको जितमा करिम बेन्जेमा, केलियम एम्बाप्पे र थियो हर्नाण्डेजले १(१ गोल गरे । बेल्जियमका लागि यान्निक कारास्को र रोमेलु लुकाकुले १र१ गोल गरे ।

खेलको ३७ मिनेटमा यान्निक र ४० मिनेटमा लुकाकुले गोल गर्दै पहिलो हाफमा बेल्जियमलाई २(० ले अग्रता दिलाए ।

दोस्रो हाफमा फ्रान्सले एम्बाप्पेको उत्कृष्ट प्रदर्शनमा पुनरागमन जित निकाल्यो । एम्बाप्पेले १ गोल र १ पास मिलाए ।

एम्बाप्पेको पासमा बेन्जेमाले ६२, एम्बाप्पेले ६९ र थियोले ९० मिनेटमा गोल गरेका थिए । अब उपाधिका लागि फ्रान्सले स्पेनसँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर