Logo

सरकारले थापेको खुला ढलको पासोमा फसेर काठमाडौँमा नै एकको छटपटाएर गयो ज्यान, ढलको पानी खाएर प्राण त्यागे ३५ वर्षे पुरुषले


काठमाडौँ – खुल्ला ढलमा परेर काठमाडौंमा शनिबार एकाबिहानै एक साइकल यात्रुको ज्यान गएको छ । घटना काठमाडौंको कीर्तिपुरको हो । कीर्तिपुरमा त्रिभुवन विश्व विद्यालय ९त्रिवि०को मूल गेट नजिकै नालामा खसेर अन्दाजी ३५ वर्षीय पुरुषको ज्यान गएको बताइएपनि उनको अहिलेसम्म सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार त्रिविस्थिति ल्याबोरेटरी स्कुल नजिकै रहेको खुल्ला ढलको खाल्डोमा खसेर उनको मृत्यु भएको हो।

स्थानीयहरुले ढलमा एक साइकल यात्रु खसेको प्रहरीलाई जानकारी गराएपछि प्रहरीले तत्कालै घटनास्थलमा पुगेर उनलाई बाहिर निकाल्दा मृत अवस्थामा भेटीएको जनाएको छ । उनी कतिबेला ढल भित्र खसेका हुन् भन्ने अहिलेसम्म खुल्न सकेको छैन। तस्बिर सौजन्य सुनिल रञ्जन

प्रतिक्रिया दिनुहोस्

CEO/Chairman: Sarbagya Wagle

California (USA)