Logo

अध्यक्ष प्रचण्ड र नेता श्रेष्ठलाई कोरोना सङ्क्रमण


काठमाडौँ, २४ पुस  -नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्का नेता नारायणकाजी श्रेष्ठलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।स्वास्थ्यमा केही असहजता देखिएकाले शुक्रबार बेलुकी पीसीआर परीक्षण गर्दा प्रचण्डलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको उहाँका स्वकीय सचिव गङ्गा दाहालले जानकारी दिनुभयो । “उहाँको स्वास्थ्यमा केही असहजता देखिएकाले हिजो बेलुका पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको छ”, उहाँले भन्नुभयो, “अहिले उहाँ निवासमा बसेर स्वास्थ्य लाभ लिइरहनुभएको र उहाँको स्वास्थ्य अवस्था सामान्य रहको छ ।”

चिकित्सकको सल्लाहअनुसार आइसोलेशनमा बस्नुपर्ने भएकाले उहाँका पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरिएको सचिवालयले जनाएको छ ।यस्तै अर्का नेता श्रेष्ठलाई पनि शुक्रबार पीसीआर परीक्षण गर्दा सङ्क्रमण देखिएको हो ।चिकित्सकको सल्लाहअनुसार नेता श्रेष्ठ १४ दिन आइसोलेशनमा बस्नुहुने उहाँका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिनुभयो ।(रासस)

प्रतिक्रिया दिनुहोस्

CEO/Chairman: Sarbagya Wagle

California (USA)