Logo

कोक्ल्याँटे जिन्दगी ( कविता )


कोक्ल्याँटे जिन्दगी 

मायामा पग्लिन खोज्छ
घ्रिणामा डुबुल्की मार्छ
हाँसोमा हुम्मिन खोज्छ
क्रोधमा बुर्कुसी मार्छ
आफन्तको साथलाई बेवास्ता गर्छ
पराईको भिडमा आफ्नो पन खोज्छ
सफलमा रमाउन चाहन्छ
विफलतामा घोत्लिई रहन्छ
कमाउने ठाउँमा मुन्टो बटार्छ
खर्च गर्ने ठाउँमा हौसिन्छ
माया गरेकालाई धोका दिन्छ
धोकेवाजलाई विश्वास गर्छ
अनि मक्ख पर्छ ।

भोकमा भोजन खोज्छ
तर, भोजनले मुल्य खोज्छ
अभावमा धन दौलत खोछ
धन दौलतले रगतपसिना माग्छ
समाजमा मानप्रतिष्ठा खोज्छ
मान प्रतिष्ठाले त्याग खोज्छ
त्यसैले टोलाउँछ ।

पाउँदा आफ्नो मेहनतको फल मान्छ
नपाउँदा भाग्यलाई दोषी ठान्छ
आफ्नो जन्मलाई जन्मदाताको रोमान्स ठान्छ
आफुले जन्माएकालाई उपकार गरेको भन्छ
अनि गजक्क फूल्छ
अलि कोक्ल्याँटे छ जिन्दगी ।

-रामा लामा अविनाशी

प्रतिक्रिया दिनुहोस्

CEO/Chairman: Sarbagya Wagle

California (USA)