Logo

इंङ्लिस प्रिमियर लिग : क्रिष्टल प्यालेसले पेनाल्टी मार्फत लगातार २ गोल गरेपछि यसरी आँफुलाई बचायो आर्सनलले


एजेन्सी । इंङ्लिस प्रिमियर लिग फुटबलमा क्रिष्टल प्यालेस र आर्सनलले रोमाञ्चक खेल खेलेपनि उनीहरु बराबरीमा रोकीएका छन् । क्रिष्टल प्यालेस र आर्सनलले २–२ गोलको बराबरी खेलेको खेलमा क्रिष्टल प्यालेसले दुबै गोल पेनाल्टीमार्फत गर्दै आँफुलाई हारबाट जोगाउन सफल हुँदा आर्सनलले दोस्रो हाफको सुरुमा थप दुई गोल गरेपछि खेल रोमाञ्चक मोडमा पुगेको हो । गएराती सम्पन्न खेलमा पहिलो हाफको अतिरिक्त समयमा कप्तान लुका मिल्भोजिकले पेनाल्टीमार्फत गोल गर्दै सुरुआती अग्रता दिलाए भने सोक्द मुस्तफीले डी बक्सभित्र क्रिष्टल प्यालेसका चेकु कौटेलाई लडाएपछि पेनाल्टी पाएपछि उसलाई आफ्नो हार जोगाउन सहज भएको हो ।

पेनाल्टीलाई क्रिष्टलका कप्तान लुका मिल्भोजिकले गोलमा परिणत गरेपछि आर्सनलका खेलाडीहरु केही समय तनावमा आएका थिए । २–२ गोलको बराबरी पछि दुवै टिमले एक एक अंक बाँड्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

CEO/Chairman: Sarbagya Wagle

California (USA)