नायिका शिल्पा शेट्टीको पछाडी आधा भाग मुण्डन गरेको हेयर स्टाइल भाइरल • Osvevo

नायिका शिल्पा शेट्टीको पछाडी आधा भाग मुण्डन गरेको हेयर स्टाइल भाइरल

Loknath Rijal (Jhapa) October 18, 2021
0

बलिउड उद्योगकी ग्ल्यामर्स डल शिल्पा शेट्टी आफ्नो हरेक लुक्सबाट फ्यानहरुलाई प्रभावित बनाउने गर्छिन् । शिल्पा संग फेशनको सेन्स राम्रो रहेको छ । उनको स्टाईंलिस पहिरनलाई धेरैले मन पराउने गरेका छन् । शिल्पा अक्सर गरेर आफ्नो लुक्सलाई लिएर नयाँ नयाँ प्रयोग गरिरहेकी हुन्छिन् । अहिले शिल्पाले आफुलाई नयाँ रुपमा प्रस्तुत गरेकी छिन् । जसको एकदमै चर्चा भईरहेको छ ।

शिल्पाले हालै आफ्नो इन्ष्टाग्राम अकाउण्टमा एक रील भिडियो शेयर गरेकी छिन् । भिडियोमा शिल्पा जिमखानामा रहेको देख्न सकिन्छ । उनी वर्क आउट सुरु गर्नु अघि शिल्पा आफ्नो नयाँ हेयर स्टाईललाई फ्लन्ट गरेकी छिन् । उनको यो भिडियोमा शिल्पाले टाउकोको पछाडी पट्टिको भाग पुरै मुण्डन गरेकी छिन् । हेयर स्टाइल शो गरे पछि उनी एक्सरसाइज गर्दै गरेको देख्न सकिन्छ । शिल्पाले आफ्नो यस नयाँ मेकओभर भिडियो लाई एक खास क्याप्शन संगै शेयर गरेकी छिन् ।

शिल्पाले लेखेकी छिन्– तपाई बिना जोखीम तथा आफ्नो कन्फर्ट जोन बाट बाहिर नआई हरेक दिन रहन सक्नु हुन्न । चाहे त्यो अण्डरकट बज होस् या मेरो नयाँ एरोबिक वर्कआउट ट्राबल स्क्वैट्स । शिल्पाले आफ्नो नयाँ हेयर स्टाइललाई अण्डरकट बज कट भनेकी छिन् । शिल्पाको यो हेयर स्टाइललाई धेरैले नै मन पराएका छन् । शिल्पाको यो भिडियो लाई धेरैले फायर इमोजीको साथमा रिएक्सन देखाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर