रतुवा खोलामा आएको बाढीले घर बगाउदै • Osvevo

रतुवा खोलामा आएको बाढीले घर बगाउदै

LC (KTM) October 20, 2021
0

दमक–७ स्थित पशुहाट बस्तीमा रतुवा खोलामा आएको बाढीले एउटा घर बगाउने क्रममा । खोलामा आएको बाढीले त्यहाँका सात वटा घर बगाउनुका साथै थप १७ वटा घर जोखिममा परेको वडाध्यक्ष भीमप्रसाद पौडेलले बताउनुभयो । तस्वीर ः यज्ञराज आङदेम्बे, रासस
 सुनको मूल्य वृद्धि-नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु एक सयले बढेर ९१ हजार ४०० कायम भएको छ । छापावाल सुन सोमबार प्रतितोला रु ९१ हजार ३०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तरराष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ । महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुन प्रतितोला रु ९० हजार ९०० मा कारोबार हुनेछ जुन सोमबार प्रतितोला रु ९० हजार ८०० मा कारोबार भएको थियो ।

महासङ्घका अनुसार आज चाँदीको मूल्य सोमबारको तुलनामा प्रतितोला रु १० ले बढेर एक हजार २३५ पुगेको छ । चाँदी सोमबार प्रतितोला रु एक हजार २२५ मा कारोबार भएको थियो । नेपाल सुनचाँदी तथा रत्न आभुषण व्यवसायी महासंघका अध्यक्ष रमेश महर्जनको असामयिक निधनको शोकमा मङ्गलबार सुनचाँदी व्यवसायीले कारोबार बन्द गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर