एभर्टनका यी खेलाडी बाल यौन दुराचारको आरोपमा पक्राउ • Osvevo

एभर्टनका यी खेलाडी बाल यौन दुराचारको आरोपमा पक्राउ

Loknath Rijal (Jhapa) October 20, 2021
0

बिश्व चर्चित फुटबल क्लब एभर्टनका एक खेलाडी बाल यौन दुराचारको आरोपमा पक्राउ परेका छन् । इंग्लिस प्रिमियर लिगका पक्राउ परेका ति खेलाडीको जमानत अझै लम्ब्याइएको छ । उनी एर्भटनका खेलाडी भए पनि कानुनी अड्चनका कारण उनको नाम भने सार्वजनिक गर्न नमिल्ने बताइएको छ । उनले बाल यौन दुराचार जस्तो घिन लाग्दो काम गरेको आरोप लागेको हो ।

ति खेलाडी जुलाई १६ तारिखमा पक्राउ गरिएको थियो । उनलाई जमानतमा छाड्नु अघि उनीसँग बयान लिइएको थियो । ग्रेटर म्यान्चेस्टर प्रहरीका अनुसार उनको जमानत जनवरी १६ तारिखसम्म बढाइएको छ । क्लबले उनलाई निलम्बन गरेको छ भने घटनाका बिषयमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । क्लबले पनि अनुषन्धानमा सहयोग गर्ने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर