निर्माण व्यवसायी मैत्री कानून निर्माणमा सहयोग गर्ने मन्त्री झाँक्रीको प्रतिबद्धता • Osvevo

निर्माण व्यवसायी मैत्री कानून निर्माणमा सहयोग गर्ने मन्त्री झाँक्रीको प्रतिबद्धता

Kabita Ghimire (KTM) October 21, 2021
0

काठमाडौं ४ कात्तिक । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले निर्माण व्यवसायी मैत्री कानून निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएकी छन् । आज बिहिबार नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री झाँक्रीले यस्तो प्रतिवद्धता व्यक्त गरेकी हुन् ।

सार्वजनिक खरिद ऐन र निर्माण व्यवसायी ऐन समय सापेक्ष रूपमा पुर्नलेखन गर्नुपर्ने समेत मन्त्री झाक्र्रीले भेटको क्रममा बताएकी छन् ।

गुणस्तरीय निर्माण कार्यमा जोड दिनुपर्ने बताएकी उने भेटमा भनिन्, ‘निर्माण व्यवसायी विकास परिषद्लाई निर्माण उद्योगको विकास र प्रवर्द्धन हुने किसिमका कार्यक्रम बनाएर क्रियाशील पार्नुपर्छ ।’

विदेशी व्यवसायीहरूबाट सीप सिकेर निर्माण व्यवसायीहरूले क्षमता बढाउँदै लानुपर्ने समेत उनले बताएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर