बाढी नआए हल्कारापुरबासीको चुलो बल्दैन • Osvevo

बाढी नआए हल्कारापुरबासीको चुलो बल्दैन

Osnepal Admin (KTM) October 22, 2021
0

नेपालगञ्ज, ५ कात्तिक – पश्चिम नेपालको कतिपय ठाउँमा बाढीले उठिबास लगाएको छ । घर, जायजेथा पहिरोले बगाएपछि बस्ती नै सार्नु पर्ने मात्रै होइन परिवार नै क्षत्विक्षत समेत भएको छ । तर बाँके डुडुवा गाउँपालिका र राप्ती सोनारी गाउँपालिकाको सिमानामा रहेको राप्ती नदी किनारमा भने मेला जस्तै चहलपहल छ ।

नदीले बगाएर ल्याएको काठ दाउरा संकलन गर्ने नौ वर्षका बालबालिकादेखि ६८ वर्षका वृद्धवृद्धासम्म जुटेका छन् । बाढीमा बग्दै आएको काठ दाउरा संकलन गर्न उनीहरूले ज्यान नै जोखिममा राख्ने गरेका छन् ।

हुलाकी सडकको पक्की पुल मुन्तिर दाउरा संकलन गरिरहेका डुडुवा गाउँपालिका–३ हल्कारापुरका ६८ वर्षीय चेतराम यादव यो बेला काठ दाउरा संकलन नगरे वर्षभरि घरको चुलो नबाल्ने बताउँछन् । उनले भने, ‘गाउँ नजिक वन जंगल छैन् । चुलो बाल्न गोबर गुईठाले मात्र सम्भव छैन । त्यसैले राप्तीमा बाढी आएको बेलामा जोखिम मोलेरै भए पनि दाउरा संकलन गर्न बाध्य छौं ।’

हल्कारापुर गाउँका बासिन्दा पनि नदीमा बाढी आएपछि काठ दाउरा संकलन गर्न पुग्छन् । नदी तटमा नौं वर्षीय मुकेश यादव पनि भेटिए । अंकुश बोकेका उनी पनि बाढीले बगाएको काठ तानिरहेका थिए । हल्कारापुर कै १४ वर्षीया संगीता यादवले पनि दाजु रामकिसन यादवसँग दाउरा संकलन गर्न नदी किनारा आएको बताइन । उनीहरू हरेक वर्ष बाढी आएको बेला यसरी नै आउने गरेको बताइन । उर्लदो नदीबाट दाउरा संकलन नगरे वर्षभरी चुलो नबाल्ने उनले बताइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर